कैलाली,
कैलाली घटनाको आरोपी लक्ष्मण थारुले मधेशी जनअधिकार फोरम लोकतान्त्रिकबाट राजीनामा दिएका छन् । थारुले कारगारबाट नै राजीनामा दिएका हुन् ।
जेलमा रहँदा पार्टीले कुनै पनि सहयोग नगरे्को र जेलमा कस्तो अवस्थामा छ भनेर पनि कोही नआएको भन्दै स्वतन्त्र जिवन जिउन सजिलोका लागि राजीनामा पत्रमा बताएका छन् ।
फ्याक्स मार्फत केन्द्रिय कार्यलयमा राजीनामा पठाएका थारुले प्रहरीलाइ अनुसन्धान गर्न पनि सजिलो होस भन्नाको खातिर पनि राजीनामा दिएका छन् । उनीसँगै कैलाली घटनामा संग्लन रहेको आशांकामा २५ जना जेलमा जिवन विताइरहेका छन् ।