मङ्सिर ३०,

नेपाल सरकार सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबीच भोली पुष १ गते देखी लागु हुने गरी गाडी बाट बहिरा थुक्न वा फोहोर फाल्न नपाउने सहमती भएको छ ।

यदी कसैले झ्यालबाट थुकेको पाइएमा ५०० रुपैया जरिवाना हुने छ भने फोहोर फालेमा जरिवाना सहित ३ महिना सम्म जेल हुन सक्नेछ ।

सार्वजनिक यतायातबाट फोहोर फाल्दा सडक र वातावरण नै प्रदुशित हुने हुँदा उक्त कार्यलाई नियन्त्रण गर्न यस्तो नियम लागु गरिएको हो । यसको लागी स्थानिय निकायले निगरानी गर्नेछ भने भोली देखी जनचेतना मुलक अभियान पनि संचालन गरिने छ ।

साथै अब देखी सार्वजनिक यातायात भित्र नै डस्टबिन पनि राखिने भएको छ ।

Please share us on:

तपाईको प्रतिक्रिया