अखिल,
वाह् प्रधानमन्त्री ज्यू कति गरिब ? कुनै समय थियो होला जनयुद्धलाई पैसा जोह गर्नको लागि जग्गा बेच्नलाई पुष्पकमल दाहाल र उनको पत्नी सिता दाहाल विचको तित्त सम्बन्ध । लामो समयत आज समयले कोल्टे फेरिसकेको छ । तर पनि पुष्पकमलको सम्पति बराबरको अवस्थामा रहेछ । दिन विते रात विते हप्ता विते महिना विते कयौँ वर्ष विते तर पनि उनको हालत उस्तै छ । न गरिब न धनी कस्तो सर्वहारा नेता र प्रधानमन्त्री ?
बुधबार प्रधानमन्त्रीको सम्पति सार्वजनिक हुदा धेरै नेपालीले जिब्रो टोके नेपालको प्रधानमन्त्री कति गरिब । उनका पार्टी मानिसहरुले समेत पचाउन नसक्ने सम्पति विवरण बाहिर आयो । कि त पुर्खाबात प्राप्त गरेको सम्पति चाहि यति हो १७ हजारको रगतको पसिनाबाट कमाएको पैसा अहिले भन्न मिल्दैन् नत्र देश सिक्किमिकरण हुदा राजनिति गर्नको लागि लुकाएर राखेको हो ।
हुन पनि नेपालका प्रधानमन्त्री गरिब नै छन् बजारमा हल्ला चलेअनुसारको १९ अर्व लडाकुको नाममा सरकारले जनताकोसा करबापत उठाएको पैसाको हिसाव किताव देखाउन नपर्ने भएर होला युद्धको समयमा बैँक लुटेको पैसा पनि छैन् लाजिनपाटमा दरबार पनि छैन करोडौँको गाडि पनि चढ्दैनन् वानेश्वरमा मुत्ति टावर पनि छैन् नजिकका व्यापारी अजय सुमार्गी जस्ता कलहिएका मानिस पनि उनीसँग छैन्न् । उनको तलव नै ५० हजार भन्दा माथि छ तर सम्पति भने यति थोरै कारण के होला जनता बुझन खोजिरहेका छन् ।