काठमाडौँ,

एमालेस लगायत साना दलहरुको बैठकले संविधान संशोधनको विरोधलाई अझ सशस्त बनाउने निर्णय गरेको छ । मंगलबार विहान एमाले संसदिय दलको कार्यलयमा बसेका बैठकले व्यवस्थापिका संसदको अवरोधलाई कठोर रुपमा अगाडि बढाउने योजना बनाएको हो । सरकारले दर्ता गरेको संविधान संशोधन फिर्ता नलिएसम्म संसदको गतिरोध हट्ने छैन् एमोलेका एक नेताले बताए ।

पछिल्लो समय केहि सहमति हुने जस्तो वातावरण बने पनि त्यसको कुनै अर्थ नरहेको र सरकारले चुनावको नाममा एमालेलाई धोकाको वातावरण बनाउदै गरेको आरोप एमाले अध्यक्ष केपि शर्मा ओलीले आरोप लगाउनु भएको हो । एमाले लगायत साना दलको प्रमुख नेताहरु सहभागी भएको बैठकमा सरकारलाई दर्ता भएको संविधान संशोधन मुद्धा फिर्ता लिन असहज हुन्छ भने यो विषय वस्तुलाई थाति राखेर निर्वाचनमा लाग्न पनि अनुरोध गर्नुभएको छ ।

बैठक बस्नु अघि एमाले अध्यक्ष कांग्रेस सभापति र प्रधानमन्त्रीसँगको छलफल सकेर सिधै सिंहदरबार पुगेका थिए । वालुटारको वैठकबाट खासै निर्णय ननिसकेपछि प्रतिपक्षीहरु संसद अवरोधलाई जारी राख्ने मनस्थिितिमा पुगेका हुन् । सरकारले पेलेर अगाडि जान खोजेको र देश भन्दा पनि ठुलो संशोधन र रहेको जारी भएको संविधानले यो सरकारलाई संविधान संशोधनको बाटो छेकेको हुनाले पनि संशधोनको प्रस्ताव फिर्ता लिन उपयूक्त हुने प्रतिपक्षीहरुले सझाएका हुन् ।

Please share us on:

तपाईको प्रतिक्रिया