काठमाडौँ,

सोमबार विहान प्रधानमन्त्री निवास वालुटारमा बसेको प्रमुख ३ दलको बैठकमा निर्वाचानको मिति तोक्ने सम्बन्धी सकारात्मक दिशामा कुरा अगाडि बढेको प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपि शर्मा आलीले जानकारी दिएका छन् । ओलीले पत्रकारहरुसँग कुरा गर्दै संशोधन र निर्वाचनलाई सँगसगै लान सकिन्छ या संशोधनलाई थाँती राखेर निर्वाचनको मिति तोक्ने बारे मोटामोटी मौखिक सहमत भएको कुरा जानकारी दिएका थिए ।

बैठक प्रधानमन्त्रीको पहलमा वालुटारमा बसेको थियो । बैठकमा कांग्रेस सभापति शेर बहादुर देउवा र प्रधानमन्त्री र एमाले अध्यक्ष केपि शर्मा ओलिको सहभागिता रहेको थियो ।

Please share us on:

तपाईको प्रतिक्रिया