काठमाण्डौँ,
लगभग तिहारपछि लोडसेडिङ नभएको राजधानी लगायत देशका विभिन्न ठाउहरुमा यसलाई निरन्तरता दिनको लागि भनेर अर्थ मन्त्रालयले ५ अर्व ३७ करोड निकासा गरेको छ ।
अर्थ मन्त्रालयले विद्यूत पोल, तार,केवल ट्रासफरमर र मिटर बक्स खरिदका लागि भने सो रकम निकासा गरेको हो । हाल देशमा साना तथा मझौला जलविद्युत आयोजनाहरु बन्ने क्रममा तिव्रता आएसँगै त्यसमा लाग्ने सामानहरुको जोहो गर्नको लागि रकम निकासा गरिएको अर्थमन्त्रालयले जनाएको छ ।
उप प्रधान तथा अर्थमन्त्री कृष्ण बहादुर महरा पछिल्लो चरण नेपालमा बन्न लागेको विभिन्न जलविद्युत आयोजनाहरुको निरिक्षण गरि फर्केका छन् ।