काठमाण्डौँ

संशोधनको प्रस्तावमा एमालेको नेतृत्वमा भइरहेको आन्दोलन विस्तारै कम हुदै गईरहेको छ । दूवै पक्ष टुसकोमस नभएको अवस्थामा पछिल्लो केहि दिनदेखि आन्दालोनको गतिमा ब्रेक लागेको हो । जसरी बुटवल लगायत ठाउमाहरुमा मानवसारग देखिएको थियो विस्तारै कम हुदै गईरहेको छ ।

एमालेल पछिल्लो समय सडकलाई भन्दा संसदको गणितिय खेललाई प्राथमिकता दिएको जस्तो दखिएको छ । व्यवस्थापिका संसदमा एमालेले संशोधनका लागि चाहिने २ तिहाई नपुग्ने देखिएपछि आफुलाई अंकगणितमा बलियो बनाउदै लगेको हो । शुक्रबारको व्यवस्थापिका संशदमा नेपाल परिवार दलको एकनाथ ढकालले एमालेको लाईनमा उभिएने उद्धघोष गरेपछि एमालेको सडक आन्दोलनमा केहि ब्रेक लागेको हो ।

सडक र सदन दुबैलाई एकैसाथ अगाडि बढाएको आन्दोलन केहि मत्थर भएको देखिए पनि परिस्थिति अनुसार फरक पर्ने एक एमाले नेताले बताए । सरकार मधेशबादी दल मिल्ने पक्का भएपछि एमाले पनि शत्ति संञ्चयतिर लागेका देखिन्छ ।

Please share us on:

तपाईको प्रतिक्रिया