काठमाण्डौँ,

 

सत्तारुढ दल नेपाली कांगेसका नेता चन्द्र भण्डारीले लैनचौर दरबारबाटको आएको संशोधनको प्रस्ताव फिर्ता नगरेसम्म आन्दोलनमा खटिरहेने बताएका छन् । शान्तसँग मिलेर बसेका जनतामाथि लैनचौरको कुदृष्टि परेकाले पार्टीको काम कारबाही छोडेर जनतामा आउनु परेको कुरा बताउनु भएको हो ।

बुधबार रिपोर्टस क्लबले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता भण्डारीले यो देशमा परिवर्तका बाहक भन्ने पार्टीहरु परिवर्तनलाई संस्थागत गर्ने बेलामा भाग्न लागेका कुरा बताउनु भएको हो । सिमांकनको विषयमा सरकारले भारतको इसारमा प्रदेश नं ५ लाई विभाजन गर्न लागेका कुरा बताउदै त्यो कदापि सफल हुन नदिने बताउनु भयो ।

हामी कस्का लागि नेपालीको जनताको खुशि खोशि रहेका छौ । इलामको मान्छे कुन प्रदेशमा बस्ने त्यो त्यहाको जनताले छिनोफानो गर्नेछन् । यहाँ बसेरको अरुको आज्ञापालना गर्दै हिमाल पहाड र तराईमा मिलेर बसेका जनतामाथि कसैको इसारामा अस्तित्व मास्न नपाईने र संशोधनको विधेयक फेल गराएर छाड्ने उद्घोष गरेका हुन् ।

Please share us on:

तपाईको प्रतिक्रिया