काठमाण्डौँ,
नेकपा एमालेले संशोधनको विरुद्धमा हाल भइरहेको आन्दोलनलाई अझ सशक्त बनाउने निर्णय गरेको छ । सोमबार पार्टी अध्यक्ष केपि शर्मा ओलीको अध्यक्षमा बालकोटमा बसे स्थायी समितिको बैठकले संविधान संशोधनको विरुद्धमा गाँऊ गाँऊ जाने र अरु पार्टिलाई संशोधननको विरुद्धमा आउन आग्रह गर्ने जनाएको छ ।
सरकारले दर्ता गरेको संशोधनको प्रस्ताव जनविरोधी भएको र संशोधनको प्रस्तावलाई जसरी पनि फेल गराएर छाड्ने निर्णय गरेको हो । हिमाल, पहाड , तराई टुक्रयाउने गरि ल्याएको विधेयकले प्रदेश न. ५ लगायत देशैभरिको सद्धभाव खलबलिएको र शान्तीपुर्ण ढङगले भइरहेको आन्दोलनलाई समर्थन गर्ने निर्णय गरेको । छिटै संशोधन प्रस्ताव फिर्ता लिएर समाधानको बाटो खोज्न आग्रह गरेको छ ।
प्रचार विभाग योगेश भट्टराईद्धारा हस्ताक्षर गरेको प्रस विज्ञप्तीमा तराईमा विशेस अभियान चाल्ने जनाएको छ । हाल भइरहेको राजैनित घटनालाई एमालेले नजिकबाट नियालीरहेको र सरकार यसलाई अतिरन्जित गर्न खाजेको आन्दोलनलाई हिसांमात्क बनाउन उद्धत रहेको छ । त्यसकारण पनि नेपालको आन्तरिक समस्यको समाधान लागि नेपालीलाई जनताले नै समाधान गर्न सक्छन् छिमेकीलाइ गृहार्न नहुने प्रेस विज्ञप्तीमा जनाएको छ ,