बुटवल,
प्रदेश न. ५ लाई टुक्रयाउने सरकारी निर्णय विरुद्ध आज बुटवलमाक लाखौँ मानिसहरु सडकमा उत्रेर सरकारको विरोध गरेका हुन् । मिलेर बसेको क्षेत्रलाई सरकारले विवादामा तानेर गलत काम गरेका बताएका छन् । विरोध सभामा सरकारमा रहेका दलहरुको पनि समर्थनरहेको थियो । पार्टीको झण्डा नबोकी देशको राष्ट्रिय झण्डा बाकेर विरोधमा आएका थिए ।
सभालाई सम्बोधन गर्ने क्रममा अधिंकास नेताहरुले पहाड र तराई कुनै पनि हालतमा फुटाउन नदिने उद्धघोष गरेका छन् । नेपाली काग्रेसको केन्द्रिय सदस्य चन्द्र भण्डारीले भन्नु भयो सरकारले प्रस्तुत गरेको संशोधनको प्रस्ताव कुनै पनि हालमा सफल हुन नदिने र प्रदेश न. ५ टुक्रयाउने काम सरकारले गलत गरेका र यस्को विरुद्ध सवैलाई साथ दिन आग्रह गर्नु भयो । सरकारल तराई पहाड छुट्याउने निर्णय फिर्ता हुने विश्वास गर्नुभयो
यसै क्रममा नेकपा एमालेका उपादक्ष वामदेव गौतमले विदेशीलाई खुशि बनाउनका लागि प्रस्ताव गरेका संविधान संशोधन कुनै पनि हालत सफल हुन नदिने बताउनु भयो । किन र कस्को लागि संविधान संशोधन भनेर प्रतिप्रश्न गर्नुभयो । यसै क्रममा प्रदेश न. ५ लाई टुक्रयाउने सपना कसैले नसोचे हुन्छ गौतमले सम्बोधन गर्दै भन्नु भयो । यदि हुदा पनि यहि अवस्था रहे यसबाट निम्तने खतराको जिम्मेवारी सरकारको हुने बताउनु भयो ।
यस्तै नेकपा माओबादी केन्द्रका नेता टोप बहादुर रायमाझिले सरकारले प्रदेश न. ५ लाई चलाएर गल्ति गरेको बताउनुभयो । संविधान तराइबाट पहाडलाई छुट्याएर के गर्न खोजेका मिलेर बसेका मानिसलाई सडकमा आउनु पर्ने बाध्यता यो सरकारले बनाएको बताउनुभयो । आफुहरुले संविधान संशोधनको विरुद्धमा मत हाल्न सक्ने र सरकारको योजना फेल गराउने सक्ने तागत भएको जानकारी गराउनुभएको हो । उनले चाडै नै यो संशोधनलार्य फिर्ता लिन आग्रह पनि गर्नुभयो ।
सभालाई नागरिक कर्मि लगायत उद्योग व्यापारी लगायत सम्पुर्ण जनातको साथ रहेको थियो । विरोधमा सबै मानिसको सहभागिता रहेको जस्तो दखिन्थ्यो । बुटवलमा आजको विरोध एकताको विरोध देखिएको हो ।