बुटवल
आन्दोलनको नमुना शहर बन्दै छ । प्रदेश न. ५ लाई टुक्रयाउने सरकारको निर्णयसँगै बुटवल आसपासका जिल्लाहरुमा विरोधको चर्को रुप लिएको हो । हाल प्रदेश न. ५ मा भइरहेको विरोधको कार्यक्रम साझा हुदै गइरहेको छ । त्यहि भएर आजको कार्यक्रमलाई सम्बोधन गर्नको लागि बामदेश गौतम , टोप बहादुर रायमाझि र चन्द्र भण्डारी जाने भएका छन् ।
आन्दोलन कुन पार्टीको भन्दा पनि सरकारले संशोधनको नाममा ५ न. प्रदेशलाई टुक्राउन लागेका भन्दै त्यसको विरुद्धमा मधेशी मोर्चा बाहेकका सबै दलहरु आन्दोलित भएको हो । उद्योगी व्यापारी, नागरिक अगुवा लगायत सम्पुर्णको साथ पाएको आन्दोलनले आकार लिदै गएपछि सरकारलाई नैतिक संकट पर्दै गएको बुझिएको छ ।
सरकारमा रहेका नेपाली कांग्रेका चन्द्र ढकाल र माओबादी केन्द्रका नेता टोपबहादुर रायमाझि स्वयम बन्दपछिको आमसभालाई सम्बोधन गर्नको लागि बुटवल जान लागेका हुन् । विवाद रहित प्रदेशलाई विवादमा तानेर सरकारले गलत काम गरेको आम मानिसहरुको बुझाइरहेको छ ।