काठमाण्डौँ,
संविधान संशोधन र प्रदेश न. ५ टुक्रयाउने निर्णय गरेसँगै राजधानीमा पनि विरोधको स्वरहरु सुनिन् थालेको छ । आज विहान राजधानीको अस्कल क्याम्पसमा एमाले समर्थित विद्यार्थी र प्रहरी विच झडप भएको छ । विहानै देखि पठन पाठन रोकेर विद्यार्थीहरु सडकमा नारा बाजी गर्दै सडक अवरोध गरिहेका थिए । केहि समय सवारी आगमन अस्तव्यस्त बनेको थियो ।
सवारी अवगमन नै रोकेर नाराबाजीमा उत्रेपछि प्रहरीले सडक खुलाउनको लागि आन्दोलनकारीहरुलाई भगाउन लाठी चार्ज गरेका थिए । एक छिन प्रहरी र अनेरास्वयू विच दोहोरो भिडन्त चलेको थियो । संविधान संशोदन गर्न पाईदैन पाँच न. प्रदेश टुक्रयाउन पाइदैन भन्दै बसेका आन्दोनकारी विद्यार्थीहरुले प्रधानमन्त्रिको राजीनामासमेत मागेका थिए ।
माउ मार्टी एमालेले निर्देशन अनुसार नै विद्याथीहरु पनि सडकमा उत्रेका हुन् । आज रत्न राज्य क्याम्पस अगाडि प्रदशनी मार्गका पनि विद्यार्थीहरुले सडक आन्दोलन गर्दै विरोध गरेका थिए । आन्दोलनको सिजन फेरि सुरु भएको छ । संविधान संशोधनको र सिमाड्ढनको आगो विस्तारै भुषको आगो जसरी फैलिदै गईरहेको छ ।