काठमाण्डौँ,

पछिल्लो समय संविधान संशोधनको विषयलाई लिएर राजनैतिक माहोल तातेको छ । सरकारले मंगलबार संशोधनको प्रस्ताव मंन्त्रिपरिषदबाट निर्णय निर्णय गराएर मंगलबार नै व्यवस्थापिका संसदमा दर्ताको लागि पठाएको सरकारले जनाएको छ । मंन्त्रिपरिषदबाट परित गराउनु अघि प्रधामंन्त्रिले राप्रपाको अध्यक्ष कमल थापा र कांग्रेस सभापति शेर बहादुर देउवासँग पनि भेटघाट गरेको थिए ।

आज नै माओबादी केन्द्रले पोलिटब्यूरो बैठक बोलाएको थियो । माओबादी केन्द्रले संघीय समाजबादी लगायत मधशी मोर्चाले पनि संशोधनको पक्षमा मत हाल्ने विश्वास गरेको छ ।

सरकार आफ्नै गतिमा अगाडि बढिरहदा प्रमुख प्रतिपक्ष दल एमालेले के गर्ला भन्ने आम मानिसको जिज्ञासा रहेको छ । एमाले संविधा संशोधनको विरुद्धमा रहेको छ । एमालेले संविधान संशोधन के का लागि र कस्को लागि गर्ने भनेर बाम्बारबार भन्दै आइरहेको छ । संविधान संशोधनको विरुद्धमा एमालेले सदन र सडक दुबै क्षेत्रमा कडा विरोध गर्ने जनाईसकेको छ । अव संशोधनको पक्षमा व्यवस्थापिक संसदमा दर्ताको प्रक्रियमा गईसकेको छ । अब एमाले अघिल्लो निर्णयबाट पछि हट्छ अगाडि बढ्ला । अब के गर्ला एमाले ?

अहिले सत्ता पक्ष तथा प्रतिप्रक्ष आन्तरिक तयारीमा लागेका छन् । जे त होला भनेर लागेका छन् । जनताको लागि भन्दा अन्य कसैको लागि संविधान संशोधन तथा संशोधन दर्ता हुदा के के हुने फरक सोचका कारण पनि सविधान संशोधनको विषय जटिल बन्दै गएको छ । दुबै पक्ष कस्लाई खुशी बनाउनको देशको बलि चढाउन लागिरहेका छन् अझसम्म पनि अनुत्तरित नै छन् ।

Please share us on:

तपाईको प्रतिक्रिया