मङ्सिर १४,
ब्राजिलियन फूटबल टोली सहित ८१ जना चढेको प्लेन कोलम्बियामा दुर्घटना भएको छ । बोलिभियाबाट साउथ अमेरिकन क्लब फूटबलको फाइनल खेल खेल्न गएको चापोकोइन्स फूटबल टिम कोलम्बियाको मिडिलिन शहर नजिक दुर्घटना भएको छ ।
एट्लेटिको नेसनलसँग हुन लगेको उक्त खेल अहिले रद्द गरिएको छ ।
घटना स्थलबाट ७ जनाको जिवितै उद्धार गरिएको छ जसमा ३ जना खेलाडी रहेका छन ।
घटना स्थानिय समय अनुसार राती १९:१५ मा भएको थियो ।
एजेन्सी