काठमाण्डौँ,
संविधान संशोधनको विषयलाई लिएर सत्ता साझेदार दल प्रतिपक्षि एमालेविच अहिले दोहोरी चलेको छ । यहि विचमा आज मंन्त्रिपरिषदको बैठक बस्दैछ । आज दिउसो १ ः ३० मा बस्ने मंन्त्रिपरिषदको बैठकले व्यवस्थापिका संसदमा संशोधनको प्रस्ताव लाने भनेर निर्णय गराउन पर्ने हुन्छ । यदि मंन्त्रिपरिषदले निर्णय गरेन भने व्यवस्थापिका संसदमा संविधान संशोधनको प्रस्ताव दर्ता गराउन पाउने छैन् ।
त्यहि प्रस्ताव मंन्त्रिपरिषबाट पारित गराएर व्यवस्थापिका संसदमा सविधान संशोधनको प्रस्ताव जसरी पनि दर्ता गराउने सत्ता साझेदार दलहरु लागेका छन् भने एमालेले त्यस्को कडा विरोध गर्ने जनाउ दिइसकेको छ । एकालेले औचित्यविना संविधान संशोधन हुन नदिने अडान पहिलै नै राख्दै आएको छ भने यहि दर्ता गरिहाले सडक र सदन दुवैमा आन्दोलन गर्ने जनाएको छ ।
आज दिउसोको मन्त्रिपरिषदको निर्णयले कुन बाटो लिन्छ त्यो भने हेर्न बाकी नै रहेको छ । संविधान संशोधनको प्रस्ताव आज जसरी पनि दर्ता हुन्छ शेर बहादुर देउवाले भनिसकेका छन् भने मधेशी मोर्चाले प्रधामन्त्रीलाई जिम्मा दिएको छ । अथवा संशोधनमा मौैन समर्थन जनाएको छ । उपेन्द्र यादवले भने अहिले नै संशोधनमा सहमति जनाएका छैनन् ।