पोखरा,
सरकार संविधान कार्यन्वयन गर्नको लागि बनेको हो संशोधन गर्न होईन । नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले आज प्रेस चौतारी कास्कीले गरको पत्रकार आयोजनामा भन्नु भयो । चुनाव ध्यान नदिइ संविधान संशोधनमा मात्र ध्यान दिइरहने यो सरकारको नौटंकी पारा हो भन्नु भयो ।
देह संक्रमणकालिन अवस्था गुज्रिरहेकोले त्यसको समाधानको लागि सरकार हो तर सरकार आफ्नो काम नगरी अर्काको इच्छामा सविधान संशोधनको बाटोमा लागेको कुरा बताउनु भएको हो । गर्नु पर्ने काम चाहि विर्सिए झै गर्ने अनि गर्न नपर्ने काम चाहि राटान रटि रहने के पारा हो यो चटकेको जस्तो ? अध्यक्ष ओलीले प्रश्न गर्नुभएको थियो ।
देशलाई द्धन्दमा फसाउनको लागि मधेशी मोर्चा र सत्ता पक्ष विभिन्न वाहानाहरु बुनिरहेको र त्यसलाई कुनै पनि हालतमा सफल हुन नदिने ओलिले भन्नु भयो ।