काठमाण्डौँ,

देश धु्रवीकरणको बाटोमा अगाडि बढेको छ । सत्ता साझेदार दलहरुले मधेशी मोर्चासँग मिलेर व्यवस्थापिका संसदमा दर्ता गर्न लागिएको संशोधनको प्रस्ताव सर्वसम्मतीले दर्ता नहुने पक्का पक्की जस्तै भएको छ । सत्ता पक्षिय र प्रतिपक्षिय आ आफ्नै रणनिति बुन्न तर्फ लगेका छन् । व्यवस्थापिका संसदलाई फेरि एक चोटि रण मैदान बनाउको लागि भएरभरका नेपाला राजनैतिक दलहरुलागेका छन् । यसले देशलाई कुन बाटोमा लादैछ भन्ने कुराको निर्कोरल गर्न अझै पनि कठिन रहेको छ ।

देश अहिले कठिन मोडमा आईपुगेको छ । संविधान संशोधनको नाममा अहिले दलहरु भिडन्तको तयारीमा लागेका छन् । १४ महिना भित्र तिन वटै निर्वाचन नगराउने हो भने देश नै शुन्यताको स्थितिमा जान्छ । सबै स्वार्थको लागि मात्रै काम गर्ने जस्तो देखिन थालेको छ नेपालको राजनैतिक दल । आज सम्म पनि सत्ता पक्ष र प्रतिपक्षको मिलनको विन्दु के हो भन्ने कुराको ठोस प्रमाण फेला पार्न सकिएको छैन् । हजारौ वार्ता र संम्वाद त्यतिकै खेर गएको छ ।

वार्ता र संम्वादमा पनि नेपाली जनताको लगानी परेको छ । यो कुरा नेपालका राजनैतिक दलहरुले बुझन् जरुरी छ । वार्ता सम्वादको नाममा देशले लगानी गरेको छ । दलहरुले गन सवै क्रियाकलापको सबै खर्च देशको ढुकुटीबाट हुने हो कुनै पनि नेताको घरबाट निकालेर हुने होईन । त्यसकारण पनि देशमा मुडभेडको वातावरण सृजना नहोस भन्नको खातिर पनि आम नागरीकले दबाब दिनु जरुरी छ । मानिसहरुको अधिकारको लागि राजनैतिक दलले खेल्न पर्ने भुमिका जनताको लागि नभएर खुद नेताको लागि खेलेको हुनाले व्यवस्थापिका संसदमा भिडन्तको तयारी सबै दल लागेको जस्तो देखिन्छ ।

Please share us on:

तपाईको प्रतिक्रिया