काठमाण्डौँ,

सत्ता साझेदार दल र मधेशी मोर्चाको बैठक सकारात्म बाटोमा अगाडि बढेर सकिएको छ । वालुटारमा भएको बैठकमा संविधान संशोधन, अंगिकृत सनागरिकता र प्रदेशको सिमाड्ढनको विषयमा छलफल भएको छ । प्रधामन्त्रीले संविधान संशोधनमा तपाईहरुको सहभागिता र सहयोग रहन्छ कि रहदैन भनेर प्रश्न राख्नु भएको थियो । प्रधामन्त्रीले संघिय गठनबन्धन बाहेकका दलले संविधान संशोधन दर्ता गराउन बाटो खुला गरिदिएका छन् ।

प्रधानमन्त्रीको मधेशीबादी दलहरुलाई नोट अफ डिसेन्ट लेखेर भए पनि सहभागी हुन आग्रह गरेका छन् । मधेशीबादी दल पनि सहभागी नहुने हो भने कस्का लागि सविधान संशोधन भन्ने प्रष्ट नहुने सत्ता साझेदारका एक नेताले खबर कर्नरलाई बताए ।

संविधान संशोधनमा एमालेको साथ नपाएपछि प्रधानमन्त्रीलाई ३ बुदे पनि घाडो भइसकेको थियो । नैतिक संकटमा पर्न थालेपछि प्रधामन्त्रीले मंगलबार विहान मधेशी मोर्चाको धारणा बुझन बैठक राखेका थिए ।

Please share us on:

तपाईको प्रतिक्रिया