काठमाण्डौँ

स्वास्थ्य मन्त्री गगन कुमार थापाले एक महिगनाको तलब कान्ती बाल अस्पताललाई दिएका छन् । पुष्पकमल दाहाल दाहाल प्रचण्डको नेतृत्वमा गठन भएको मन्त्री मण्डलमा सुजतालाई ५० लाख दिने काम बाहेक अन्य काम राम्रो गरेका छन् । पछिल्लो समय स्वस्थ्य क्षेत्रको सुधारमा लागेका थापाले कान्ती बाल अस्पतालमा रहेको कांकोलोजी, बाल अर्बुद उपचार विभागको कोषलाई एक महिनाको तलब कर कट्टा गरेर दिएका हुन् ।

विभिन्न अस्पतालको निरीक्षण गर्ने क्रममा कान्ती वाल अस्पताल पुगेर उनले एक महिनाको तलब अस्पतालालाई दिन्छु भनेर पहिला नै घोषणा गरिसकेका थिए । घोषणा बमोजिम उनले सोमबार आफ्नो कर्तव्य पुरा गरेको उनको निजि सचिवालयले जनाएको छ ।

निरीक्षणकै क्रममा अर्वुद रोग लागेर उपचार खर्च अभावमा कुनै पनि वालबालिका उपचारबाट बञ्चि नर्गन निर्देशन बमोजिम आजसम्म आर्थिक हैसियत कम हुने बालबालिकाको उपचार निशुल्क गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

Please share us on:

तपाईको प्रतिक्रिया