नेपालगंञ्ज
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफुहरु सविधान संशोधनको विरुद्धमा रहेको जानकारी दिएका छन् । सबै दलहरुलाई समेटेर संविधान संशोधनको बाटो हिड्न लागेको प्रधानमन्त्रीले बताइरहदा एमाले र सरकारको दुरी बढेका उनको भनाइृबाट प्रष्ट हुन्छ ।
संशोधनको नाममा संविधानलाइृ गलत बाटोमा लान खोजे एमालेले त्यसको प्रतिबाद गर्ने जानकारी दिएका छन् । प्रेस चौतारी बाँकेले आज विहान गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता नेता नेपालले प्रतिकारको अवस्था आए कांग्रेस, माओबादीको पत्ता साफ हुने जिकिर गरेका छन् ।
मधेशमा नेताहरुले आफनो स्वार्थको माग राखेर आन्दोलन गरेर मधेशको जनतालाई दुख दिइरहेको र अंगीकृत नागरिकलाई कुनै पनि देशले माथिल्लो निकायमा जान रोकेका छ । नेपालमा पनि अंगिकृत नागरिकलाई राष्ट्रको संवैधानिक पद सुम्पिएर मधेश जनताको अधिकार खोसिन नदिने कुरा पनि बताएका छन् ।