काठमाण्डौँ
सबैलाई थाहा भएको कुरा नेपालको राजनिति जनताको लागि भन्दा आफ्नो लागि गर्छन् । नेपालका नेताहरु विना काम करोडका गाडि चढ्छन् । जनता दिनभरी मेहनत गर्दा पनि विहान वेलुकी खानको लागि धौँ धौ पर्छ ।
यसको ताजा उदाहरण भनेको भर्खरै व्यवस्थापिका संसदले सासंदहरुले आफ्नो तलब भत्ता विना विवाद वढाएका छन् ।
सभामुख ओनसरी घर्तीले फाष्ट ट्रयाक बाट यो विधेयक पास गराएकी छिन । सांसदहरुले तलब सुविधा बढाउने विधेयकमा कुनै वाधा अवरोध नगरी सजिलै छोटो समयमा पास गराएका छन् ।
जनताको लागि चाहिने विधेयकहरु पास गराउन चाहि वर्षौ लगाइरहन्छन् र विवाद गरिरहन्छन् । अव जनताले जनताको लागि काम गर्न पठाएको जनसेवकको तलब भत्ता झण्डैं एक लाख पुगेको छ ।
जनता भने महिनाभरी दुख गर्दा पनि दश हजार कमाउन मुश्किल रहेको छ । जनताले जानुन जनप्रतिनिधिहरु मासिक कति तलब बुझदा रहेछन् ।
विषय | पहिले | अहिले |
पारिश्रमिक | ४४,१८० | ५५,२३० |
बैठक भत्ता | २०० | १००० |
महंगी भत्ता | १००० | १००० (विशेष भत्ता) |
आवास | ६५०० | १८,००० |
फर्निचर | १५,००० | १५,००० |
पत्रपत्रिका/टेलिफोन | २,३०० | ३,००० (इन्टरनेट र सञ्चार) |
परिवहन भत्ता/यातायात | १५० | १,००० |
बिजुली धारा | १,२४८ | २,००० |