खबर कर्नर,मंसिर ५
जनता लोडसेडिङमुक्त शहर तथा गाऊ चाहन्छन् चाहे विजुली भारतबाट खरिद गर या नेपालमा नै उत्पादन गर । जनतालाई अध्यारो भन्दा उज्यलो चाहिएको छ । यो उज्यालो दिने काम कुलमानले गरे । अरु वाहाना जे भए पनि कुलमान विद्यूतप्राधिकरणमा आईसकेपछि लोडसेडिङ धेरै कम भएको छ । उनले जनतामाझ छाप छोडिसेका छन् ।
हाल केहि मानिसहरुलाई लागेको छ कुलमानले गर्दा हाम्रो व्यापार सकियो । हामीले जनता लुट्न पाइएन । यसकारण कुलमानलाई यो ठाउबाट पदमुक्त गर्न पाए हुन्छ भन्ने लाग्नेहरु अहिले उनको विरुद्धमा लागेका छन् ।
नेपालमा उर्जामाफियहरु छन् जो व्याट्री र इन्भटरको नाममो करडौँ कमाउछन् । यस्ता मानिसहरुको त व्यापार कुलमानले खाइदिएका छन् । भातबाट २४० मेगावत आयत गरेर भए पनि नेपालालइ लोडसेडिङ मुक्त गराउने उनको अभियानलाई बाधा हाल्नेहरु प्रशस्तै भेटिन्छन् । अहिले सम्म कुन माध्यमको सेटिङ मार्फत व्याट्री, इन्भटर, जेनेरेटरका व्यापारीहरुलाई यस्तो कार्यले त सहि नसक्नु भको हुन पर्छ ।
बजारमा लोडसेडिङको वेलामा प्रयोग हुने सामनहरु नविकेर विस्तारै त्यसको विकल्पमा साना व्यापारीहरु लाग्न थालिसकेका छन् । बरु साना व्यापारीहरुल कुलमान सहयोग गर्दै व्यावसाय परिर्तन गर्न लागेका छन् तर ठुला भनाउदा व्यापारी र कमिसनको लोभमा पसेको कर्मचारीलाई जनताको चाहना भन्दा पनि कमिसनको खेलका कारण कुलमान प्रकरणलाई विरोधको बाटोमा अघि सारेका ।