काठमाण्डौँ,
सरकार गठन भएको १०० दिन पुरा गरेका उपलक्षमा सरकारले १०० दिनको कार्यक्षमता र कार्यकौशल प्रति खुशि रहेको बताएको छ । सरकार गठन भइरहदा बजारमा नयाँ सरकार गठनको हल्ला चलेको छ । यो सरकारलाई गिराएर नयाँ समिकरणको घठजोड सुरु भएको अनुमान लगाउन थालिएको छ । सरकार बामे सर्न नपाउदै फेरि सकरकारको विकल्पको खोजीनु पक्कै पनि राम्रो कुरा होईन् ।
बाहिर हल्लाचले जस्तो कांग्रेसलई पनि यो सरकार गिराएर नयाँ बनाउन कठिन रहेको छ । फेरि ९ महिना पछि त कांग्रेसको हातमा नै आउने हो सरकारको नेतृत्व । यति हुदा हुदै पनि कांग्रेसलाई गैर कम्यूनिष्ट गठनबन्धन बनाउन सकिन्छ भनेर नयाँ समिकरणको पासा फालिएको छ । यदि यसो हुने भने दूई कम्यूनिष्ट शत्ति एकातिर अर्कोतिर गैर कम्यूनिष्ट एकातिर फेरि देश दूई धुर्वतिर लाग्ने खोजेको हो भन्ने संकेत मिल्न थालेको छ । कांग्रेस, सहित सवै मधेशबादी र राप्रपा सहित एक पक्ष र माओबादी केन्द्र र नेकपा एमाले एकातिर हुने सम्भावना छ । यस्तो हुदा नेपालको हालत कस्तो हुन्छ सुक्ष परिक्षण भईरहेको छ ।
माओबादी केन्द्रलाई अहिले एमालेसँग मिल्न गाह्रो हुने र नयाँ सरकारको गठनको प्रक्रियमा पनि नजाने हुनाले माओबादी केन्द्रलाई सरकारबाहिर राखेर कुनै माध्यमबाट माओबादी केन्द्रलाई प्रयोग गर्ने खेलहुन लागेका कुरा जानकारहरु बताउछन् । आफैले गठन गरको सरकारलाई आफैले ढालेको आरोप लागेका प्रचण्डलाई यो सरकार पनि ढल्यो भन्यो प्रचण्डको उदो गति अझै धेरै लाने र नेपालमा कम्यूनिष्टको शासनलाई कमजोर पार्न खेलिएको खेल हुन सक्ने सम्भावना रहेको अनुमान लगाउन सकिन्छ ।
सविधान संशोधनको विषयलाई लिएर मधेशी दलहरुमा पनि आन्तरिक विवाद रहेको पाईन्छ । अगिंकृत नागरिकताको विषयमा मधेशीबादी दलमा विस्तारै भुषको आगो दन्कीरहेको छ । यहि मेशोमा मधेशीबादी दललाई पनि सरकारमा ल्याउने र अहिले भएको सरकारलाई बाहिर पठाउने योजना रहेको कुरा बाहिर आएको छ ।तर बाहिर आए जस्तो सरकार परिपर्तनको हल्ला निराधार पनि हुन सक्छ । कि त कसैले नयाँ गणितीय जोडघटाउको योजना बनाएको पनि हुन सक्छ । सरकार परिवर्तनको खेल ,।