काठमाण्डौँ,कात्तिक २९

सरकार गठन भएको ३ महिना लाग्दा पनि सरकार गठन हुदा आफैले बोलेको कुरा पनि पुरा गर्न सकेका छैनन् प्रधामन्त्री पुष्पकमल दाहालले । भुकम्पपिढितको नामावलीमा परेको व्यत्तिहरुको पनि सबैलाई राहत रकम बाड्न सकेको छैन् । राष्ट्रिय पुननिमार्ण प्राधिकरण पुरै पिडितलाई राहत रकम बाड्न आानाकानी गरिरहेको छ । भुकम्प गएको गरिव १८ महिना वितिसक्दा पनि को पिडित हो को होईन भनेर अहिलेसम्म पनि पुरै छुट्टयाईसको छैन् । प्रधिकरणको नामावलीमा रहेको करिव १ लाख २५ हजारले राहतको पहिलो किस्ता पाउन सकेका छैनन ।

 

राहत पाउनेको लिष्टमा परेको पिडितहरुले अहिले सम्म राहत पाएका छैनन भने गुनासोमा परेकोले कहिले पो राहत पाउने । सायद गुनासोमा परेका पिडितहरुले राहत पाउने सम्भावना एकदम न्यून रहेको छ । किन भने अहिले सम्म पिडितहरु जस्ले पहिलो किस्ताको राहत पाउन पर्ने पिडितहरुको अहिलेसम्म पनि विभिन्न वाहानमा पहिलो किस्ता रोकिदै आएको छ । गुनासोमा परेकोहरुको त के हो अहिलेसम्म न सरकारले कुनै निर्णय गरेको छ न पुननिर्माण प्राधिकरणले कुने निर्णय गरेको छ । जो वास्तविक पिडित हो त्यस्ता पिडितहरु कम्तीमा पनि १ लाख २५ हजार भन्दा माथि रहेको छ । यहि तथ्याड्ढले हेर्ने हो भने करिव २ लाख ५० हजार भन्दा माथि अजै पनि राहतबाट बञ्चित रहेको एक अध्यनले देखाउको छ ।

सरकारले अझै २ लाखमा एक लाख अनुदान थपिदिने कुराले पिडितमा केहि राहत मिले पनि धेरै पिडितहरु गुुनासोमा रहेको हुनाले पनि सरकारले घोषणा गरेको निति तथा कार्यक्रमले पिडितलाई कुनै पनि फाइदा नपुग्ने पक्का छ । पिडित जनता अभै पनि चिसो सित मुनी बस्न बाध्य छन् । नेपाल सरकार र पुननिर्माण प्राधिकरणको भर पर्दा पिडितहरु दाहोरो चेपमा परेका छन् । ऋण गरेर घर बनाउन सुरु गरु अनुदानको आस नगरु सितमुनी बास जे गरे पनि पिडितलाई सहजताको बाटो अझै निस्कीएको छैन् ।

Please share us on:

तपाईको प्रतिक्रिया