काठमाण्डौँ, असोज, ७
साझा यातायत व्यवसायिकरुपमा अगाडि बढ्दै गएको छ । छोटो समयमा नै यात्रुको रोजाइमा पर्न सफल साझा यातायतले ३० वटा मध्ये केहि बसहरु काठमाण्डौ भित्रिसकेको छ भने बाकी पनि केहि दिनमा नै भित्रिने साझा कामु अधिकृत महेन्द्रराज पाण्डेले जानकारी दिनु भयो । केहि बसहरु काठमाण्डौ आइपुग्न बाकी रहेकोले सबै बस काठमाण्डौ आइसकेपछि नेपाल सरकारको कागजी प्रक्रिया पुरा गरे सबै बसलाइ रुट मिलाइ सञ्चालनमा ल्याउने कुरा कामु अधिकृतले जानकारी दिनु भलएको छ । दशै अगाडिनै बसहरु राजधानीका विभिन्न रुटहरुमा चलाइने लक्ष्य लिएको पाण्डेले जानकारी दिनुभयो ।
सबै रुटमा नेपाल सरका रले तोकेको भाडा दर कायम हुने पनि पाण्डेले बताए । उनका अनुसार भन्सार स हुलियतमा ल्याइएका बसको मूल्य प्रतिबस करिब ३० लाख ५० हजार रुपैयाँ छ । उनले यात्रुको चाप बढी भएकाले हाल सञ्चालन भइरहेको तीनै वटा रुटमा पनि बस थप्ने योजना रहेको बताए । अहिले लगनखेल–रत्नपार्क– महाराजगञ्ज– बुढानिलकण्ठ रुट, स्वयम्भू– कलंकी– त्रिपुरेश्वर– एयरपोर्ट रुट र लगनखेल–रत्नपार्क– महाराजगञ्ज–नयाँ बसपार्क रुटमा साझा बस चलिरहेका छन् । नयाँ बसका लागि चालकका लागि कामदार उपलब्ध गराउने कम्पनी मार्फत् कम्पनी छनोटको काम पनि भइरहेको उनले बताए ।
बस २र२ सिट, अपांगका लागि हुइल चियर राखेर सिट बेल्ट बाधेर बस्ने मिल्ने दुई सिट, चार वटा भेन्टिलेसन भएको र ६ ठाउँमा मोवाइल चार्जज गर्न मिल्ने खालका छन् । भारतको कोच बडिबिल्र्डस्मा निर्माण भएका उक्त बस काठमाडौ महानगरपालिकाले किनेको १० करोड रुपैयाँको शेयरबापत प्राप्त रकमले खरीद गरिएको हो । बस खरिदका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरिएको थियो । जसमा भारतको अशोक लोल्यन्डले ठेक्का पाएको थियो ।
बालाजु– नयाँ बसपार्क– बनस्थली– नयाँबजार– ठमेल– एयरपोट रुट र लगनखेल– रत्नपार्क– महाराजगञ्ज– सामाखुसी चक्रपथ– ग्रयान्डी अस्पताल हुँदै टोखा पनि सञ्चालन गरिनेछ । लगनखेल– चापागाउँ रुट, लगनखेल सातदोबाटो– हरिसिद्धि– ठैव हुँदै गोदावरी रुटमा माग भएता पनि बाटो विस्तार भइनसकेकोले तत्काल उक्त क्षेत्रमा बस सञ्चालन गर्ने योजना नरहेको पाण्डले बताए ।
यी बसहरु यातायात कार्यालयबाट माग भएका रुटमा सञ्चालन गरिनेछ । जसअनुसार बुंगमती छ्यासीकोट– खोकना दोबाटो– भैंसेपाटी– एकान्तकुना– महालक्ष्मीस्थान– लगनखेल– जावलाखेल हँुदै रत्नपार्क रुट, लुभु लामाटार– सानोगाउँ– इमाडोल– ग्वार्को– लगनखेल– जावलाखेल हँुदै रत्नपार्क रुट, कलंकी– रत्नपार्क– बानेश्वर– कोटेश्वर हुँदै भक्तपुर रुटमा सञ्चालन गर्ने योजना छ ।

सरकारी स्वामित्वमा रहेको साझा पछिल्लो समय टेलिकम जस्तै नाफामा गएको छ ।

Please share us on:

तपाईको प्रतिक्रिया